गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था सुरु गरिँदै

101

प्रशिद्धिका खड्का
काठमाडौं, असोज ४ । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई सजिलोको लागि विदेशस्थित कूटनीतिक नियोगमार्फत दुई पटकसम्म श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था सुरु गर्न थालेको छ ।वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी विदेशमा रहेका कामदारलाई कूटनीतिक नियोगमार्फत नै श्रम स्वीकृति दिएर सहज गर्न लागिएको हो । संशोधनका लागि तयार गरिएको ऐनको मस्यौदामा यो व्यवस्था श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्रालयको तर्फबाट गरिएको हो ।


उक्त ऐन मन्त्रिपरिषद् बैठकबाट पारित भएर छलफल र रायका लागि संसदमा पठाइएको छ । संसदबाट संशोधन प्रस्ताव पारित भएपछि कामदारलाई नियोगबाटै पुनः श्रम स्वीकृति जारी गर्न सुरु गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । दुई पटकसम्म गन्तव्य मुलुकमा रहेका नियोगबाट श्रम स्वीकृति प्रदान गरिने व्यवस्था मिलाइएको छ । श्रम स्वीकृतिकै गर्न नेपालमा नै आउनुपर्ने हालको व्यवस्था भएकाले धेरै नेपालीले समस्या भोग्दै आएका छन् । नियोगमार्फत श्रम स्वीकृति वितरण गर्दा श्रम अवधि सकिएपनि रोजगारदाता देशमै बसेर काम गरिरहेका लाखौं कामदार लाभान्वित हुने विश्वास गरिएको छ ।

Womui
Womui