निजगढमा होइन, सागरनाथमा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाऔं ः डा. कोइराला

76

छिनछिन खबर
काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको निजगढमा बनाउने भनिएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउँदा उपयुक्त हुने बताएका छन् ।मानसरोबरको यात्रामा निस्कनुअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले निजगढ नजिकै सर्लाहीको सागरनाथमा ३ हजार बिघा जग्गा रहेकाले त्यही जग्गामा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाइनुपर्ने बताए ।

निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका क्रममा २४ लाख रुख काट्ने खबरले आफ्नो ध्यान आकृष्ट गरेको उनले बताए ।एकैपटक यति धेरै रूख काट्दा वातावरणमा नकारात्मक असर पर्ने भन्दै उनले भयावह अवस्था आउनसक्ने तर्फ सबै सजग हुनुपर्ने बताए । रुख काट्ने र विमानस्थल बनाउने विषयमा बेलैमा सरकोरवाला निकायको ध्यान जानु आवश्यक हुने उनको भनाइ छ ।मानसरोवरको धार्मिक भ्रमणमा रहेका डा. कोइरालाले चीनको स्वशासित क्षेत्र तिब्बतका लागि चिनियाँ बिदेश मन्त्रालयका उपमहानिर्देशक लिउ लिनसँग ल्हासामा भेटघाट गरेका छन् ।

Womui
Womui