विषाक्त मदिराले मलेसियामा चार नेपालीको मृत्यु

40

छिनछिन खबर
काठमाडौं, असोज २
रोजगारीका लागि मलेसिया पुगेको चार नेपालीको मंगलबार मृत्यु भएको छ । मलेसियाली सञ्चारमाध्यमका द स्टार अनलाइनका अनुसार विषाक्त रक्सी सेवन गर्दा चार नेपालीसहित १५ जनाको मृत्यु भएको हो । उनीहरूले सोमबार राति सेनेंगरका विभिन्न स्थानबाट मदिरा खरिद गरी सेवन गरेका थिए । मदिरा सेवनका कारण अन्य १३ नेपाली बिरामी भएर अस्पतालमा उपचार गरिरहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले मृतक र बिरामी कामदारको विवरण संकलन गरिरहेको जनाएको छ ।

Womui
Womui