सशस्त्र प्रहरीले गरे मन्दिर परिसर सरसफाई

65

नेपालगन्ज, असोज २-
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा मन्दिर सरसफाई गरिएको छ । संविधान दिवसको अवसरमा सशस्त्र प्रहरी बल बेस क्याम्प कुसुमले मंगलबार सरसफाई गरेको हो ।

बेस क्याम्पका प्रमुख एवम् सशस्त्र प्रहरी निरीक्षक गोविन्द केसीको कमाण्डमा स्थानीय कुसुमेश्वर शिव मन्दिर र हनुमान मन्दिरको सरसफाई गरिएको थियो । सशस्त्र प्रहरीले दुबै मन्दिरको भित्री र बाहिरी क्षेत्रको सरसफाई गरेको उनले बताए ।

संविधान दिवसको अवसरमा विभागबाट आएको परिपत्र अनुसार मन्दिर क्षेत्र सरसफाई गरिएको सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिएका छन् । करिव १६ जना सुरक्षाकर्मी सरसफाईमा परिचालित भएको उनले बताए । सुरक्षाकर्मीले मन्दिर वरिपरी उम्रिएको घाँस काट्नुका साथै संकलित फोहोर उचित ठाउँमा विर्सजन गरेका थिए ।

Womui
Womui