हुलाकी राजमार्ग नक्सांकन विवाद समाधानको पहल

155

नेपालगन्ज, असोज १-
नेपालगन्जदेखि राप्तीपारी नरैनापुर गाउँपालिका कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको नक्सांकन विवादको सार्थक निकासका लागि पहलकदमी लिइएको छ । हुलाकी राजमार्ग अन्तगर्त नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियास्थित सडक खण्डमा सर्भे र नापी भएपनि सो विपरित सडक निर्माण कार्य प्रयास भएपछि विवाद बढ्न गई निर्माणमा अवरोध भएको छ । नेपाल सरकारकै लगानीमा हुलाकी सडक आयोजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो ।

निर्माण कार्य २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहेको छ । आयोजना, निर्माण कम्पनी र स्थानीय जग्गाधनीहरु बीच नक्सांकनकै विवादले बैशाखदेखि निर्माण कार्य ठप्प छ, भने सम्भावित द्धन्द्धको स्थिती रहेको छ । जनसरोकार लगायतका विषयमा देखिएका विवाद र सम्भावित द्धन्द्धमा क्रियाशिल सम्वाद समूह, बाँकेले नक्सांकन विवादलाई विश्लेषण गर्दै सम्वाद प्रक्रिया बढाउँदै आएको छ ।

स्थानीय जग्गाधनी, सम्वद्ध सरोकारवालासँग सम्वादमार्फत विवाद सहजीकरण गर्दै आएको समूहले सोमबार बाँके क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ र उनीमार्फत भौतिक पुर्वाधार विकास मन्त्रालयलाई ज्ञापनपत्र दिएको छ । समूहका तर्फबाट सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा सडक नक्सांकनको विवाद वहुपक्षिय र सरकारसँग जोडिएको कानूनी र प्राविधीक विषय भएकाले सोही अनुसारको पहल गरिनुपर्ने आवश्यकता सहितको माग गरिएको छ ।

Womui
Womui