अरिङ्गाले सरकार भन्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

128

छिनछिन खबर
काठमाडौं,असोज १ । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।नेविसंघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरुको नेतृत्वमा प्रदर्शन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

सो क्रममा नेविसंघका कार्यकर्ताले सरकारको चर्को आलोचना समेत गरेका थिए । चुनावघि नेकपाले गुलिया कुरा गरेको तर चुनावपछि केही नगरेको भन्दै चर्को आलोचना समेत गरेका थिए ।यस्तै प्रधानमन्त्रीको शनिबारको अभिव्यक्तिलाई संकेत गर्दै अरिंगाले सरकार भन्दै कटाक्ष समेत गरेका थिए ।राजधानीको विश्वभाषा क्याम्पसबाट निकालिएको विरोध जुलुस पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै अध्यक्ष महर र उपाध्यक्ष कृष्णकुमारी बस्नेतले पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

Womui
Womui