बाँकेका महिला नेतृ एवम् अधिकारकर्मीको ज्ञापन पत्र

164

नेपालगन्ज, असोज १-
बलात्कार पश्चात निर्ममता पुर्वक हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तलाई न्याय माग्दै बाँकेका महिला नेतृ एवम् अधिकारकर्मीले ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई सोमबार ज्ञापन पत्र बुझाउँदै उनीहरुले वास्तविक हत्यारा चाडोभन्दा चाडो पत्ता लगाउन माग गरेका छन् । ज्ञापन पत्र बुझाउँदै महिला नेतृ तथा अधिकारकर्मीले दोषीलाई छिटो पत्ता लगाएर कडा भन्दा कडा कारबाही गर्नुपने बताए ।

अन्तरपार्टी महिला सञ्जाल बाँकेका अध्यक्ष विजया धितालले ५३ दिन वितिसक्दा पनि निर्मला पन्तको हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको बताईन् । दोषीलाई सरकारले नेै संरक्षण गरेको उनको आरोप छ । दिनहुँ महिला र बालिकामाथी बलात्कारका घटना बढिरहँदा प्रहरीले सुरक्षाको अनुभुति दिलाउन नसकेको अध्यक्ष धितालले बताईन् ।

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी भुजेलले आफुले तत्कालै प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाईदिने आश्वासन दिए । सो क्रममा अन्तरपार्टी महिला सञ्जालका नारायणी रुपाखेती, अछरी पोखरेल, रेणु खड्का, गीता राना, बिमला गौतम, रत्ना राणा, लक्ष्मी श्रेष्ठ, निलम ज्ञवाली लगायतको सहभागिता रहेको अन्तरपार्टी महिला सञ्जाल बाँकेका सदस्य अछरी पोखरेलले जानकारी दिईन् ।

Womui
Womui