बाँकेको खजुरामा राष्ट्रिय कपास विकास समिति

387

छिनछिन खबर
काठमाडौं. असोज १ । सरकारले बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले कपास विकासलाई थप महत्व दिँदै नाम परिवर्तन गरेको र अबदेखि सोही अनुसारका कार्यक्रम ल्याइने मन्त्रीले बताए ।

बाँकेको खजुरा र आसपासका गाउँ विगतमा कपास उत्पादनको दृष्टिकोणले निकै उपयुक्त मानिन्थ्यो र किसानले राम्रोसँग कपास खेती गर्दै आइरहेका थिए । तर, पछिल्ला दिनमा भने कपास खेती गर्ने किसानको संख्या घटिरहेको छ । सोही बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै उखु उत्पादक किसानहरूलाई प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने तथा मुलुकी फौजदारी अपराध संहिताको अनुसूचि हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाहरूको वादी पक्ष नेपाल सरकार रहने गरी संशोधन गरिएको छ ।

Womui
Womui