शान्ति सेनामा खटिएका नेपाली सैनिकमाथि गोली प्रहार

46

छिनछिन खबर
काठमाडौं, असोज १ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनका लागि दक्षिण सुडानमा कार्यरत नेपाली सेनाका एक जवान गोली लागेर घाइते भएका छन् । सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत ती सैनिक जवानमाथि गोली प्रहार भएको हो । दक्षिणी सुडानको येइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रूपमा पानी ढुवानी गर्न गएको प्याट्रोलबाट फर्कने क्रममा उनलाई गोली लागेको सेनाले जनाएको छ ।


ती जवानको गोलीगाँठोमा गोली लागेको सेनाले जनाएको छ । उनीमाथि पिपुल्स लिबरेसन आर्मीका जवानले गोली हानेको बताइएको छ ।
घाइते सैनिकको राजधानी जुवामा ल्याएर उपचार भइरहेको र उनको अवस्था खतरामुक्त भएको सैनिक जनसम्पर्क
निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ । उनको नाम खुलाइएको छैन ।

Womui
Womui