प्रहरीद्वारा अवैध मदिरा नष्ट

110

छिनछिन खबर
सुर्खेत, भदौ ३१ । अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको २ हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ ।स्थानीय प्रतिनिधि, पत्रकारलगायत सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ हजार लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गरेको हो ।

तीज पर्वको अवसर पारेर प्रहरीले सुरु गरेको ‘अवैध मदिरा खोजतलास तथा नष्ट अभियान’ अन्तर्गत प्रहरीले यो अभियान थालेको हो ।जिप्रका सुर्खेतका प्रबक्ता श्यामसिंह चौधरीले अवैध घरेलु मदिरा उत्पादन विगतभन्दा निकै नियन्त्रण आएको जानकारी दिए । प्रवक्ता चौधरीले भने, ‘समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न हामी खोजतलास अभियानलाई अझ सशक्त बनाएर लैजान्छौँ । ’

Womui
Womui