रसुवागढीमा पहिरो, जाँदा दुई जना कामदारको ज्यान गयो

92

रसुवा, भदौ ३१ । निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ ।

प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकल उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो ।
रासस

Womui
Womui