निर्मला हत्या प्रकरणमा दुई डिएसपीसहित पाँच प्रहरी निलम्बन

104

छिनछिन खबर
काठमाडौ, भदौ ३१ । निर्मला पन्त हत्याको वास्तविकता नखुल्दा आलोचना खेपिरहेको गृह मन्त्रालयले पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । यसअघि भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिसमा पाँच जना प्रहरीलाई निलम्बन गरिएको हो । डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निर‍ीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्बनमा परेका हुन् ।


मन्त्रालयले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ गते निलम्बन गरेको थियो।

Womui
Womui