निर्मलाका लागि न्याय माग्दै देशका विभिन्न ठाउँमा प्रदर्शन

238

छिनछिन खबर
काठमाडौं, भदौ ३० । कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको ५१ दिन बितिसक्दा पनि हत्यारालाइ कारबाही भएको छैन । पिडितले न्याय पाएका छैनन् । पीडितलाई न्याय दिलाउन दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा बृहद् प्रदर्शन गरिएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा हजारौं सर्वसाधरण सहभागी भएका छन् ।प्रदर्शनका क्रममा सहभागिहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?,सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

शनिबार देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शनको आह्वान सामाजिक सञ्जालमार्फत गरिएको थियो ।निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अहिले न्याय माग्दै निर्मलाका बाआमा काठमाडौं आएका छन् ।

Womui
Womui