प्रहरीले छाडेको काठ वन कार्यालयले किन समात्यो ?

146

नेपालगन्ज, भदौं २७-
अबैध रहेको आशंकामा वन कार्यालयको नियन्त्रणमा रहेको ट्रक सहितको खयरको काठलाई बिहीबार छानविन गरिने भएको छ । डिभिजन जिल्ला वन कार्यालय परिसरमा ल्याइएको ना३ख २७५० नम्बरको ट्रकलाई शिल गरेर राखिएको छ । अबैध रहेको आशंकामा ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार नियन्त्रणमा लिएर छाडेको केहीबेरमा पुनः वन कार्यालयले गनापुरबाट नियन्त्रणमा लिएको थियो । काठको परिमाण नाप्न बिहीबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन पैदवार व्यवसायी संघका पदाधिकारी, कोहलपुर सव–डिभिजन वन कार्यालयका प्रतिनिधी र रानी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाई बोलाइएको अनुसन्धानको जिम्मा पाएका सहायक वन अधिकृत नारायण पार्धेले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजेतिर डिभिजन जिल्ला वन कार्यालयमा बरामद काठको नापजाँच गरिनेछ । ‘ट्रकमा ईजाजत अनुसारको काठ भए÷नभएको कुरा त छानविन गरिसकेपछि मात्र थाहा होला,’ उनले भने । प्रहरीले पक्राउ गरेर छाडेपछि स्थानीय बासिन्दाले आफुहरुलाई सूचना दिएर छानविन गर्न आग्रह गरेको सहायक वन अधिकृत पार्धेले जानकारी दिए । रानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बुद्ध थारुले भने तत्कालिन जिल्ला र सेक्टर वन कार्यालयबाट सबै कागजी प्रक्रिया पुरा गरेर नै ईजाजत ल्याएको बताएका छन् ।

Womui
Womui