एकीकरण मापदण्डका विषयमा छलफल गर्नेगरी नेकपा सचिवालय बैठक सकियो

39

छिनछिन खबर
काठमाडौं, भदौ २७ । सांगठनिक संरचना एकीकरण मापदण्डका विषयमा छलफल नसकिएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एकीकरणका लागि के–कस्ता मापदण्ड रहने भन्ने सम्बन्धमा थप छलफल गर्नुपर्ने भएपछि बैठक भोलिका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


बैठकमा एकीकरणको विधि र मान्यताका सम्बन्धमा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शपछि पेश गरेको प्रस्तावमाथि छलफल भएको थियो । यसअघि प्रत्येक प्रदेश तथा भातृ संस्थाहरुको एकीकरणका लागि आवश्यक सम्पूर्ण विवरणसहित प्रतिवेदन बुझाउन कार्यदल बनाइएको थियो । तर, प्रदेश २ को एकीकरण कार्यदल तथा भातृ संस्था एकीकरण कार्यदलले भने प्रतिवेदन बुझाउन सकेका छैनन् ।

Womui
Womui