श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा डेढ महिनाभित्रै मन्त्री बिष्ट

45

छिनछिन खबर
काठमाडौं, भदौ २६ । सरकारले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सरकारले चालु आर्थिक वर्षबाटै श्रमिकहरुको योगदानमा आधारित कार्यक्रम सरुआत गरेको पनि बताए । मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्न लागिएको पनि समितिलाई जानकारी दिए ।

Womui
Womui