मुग्लिन सडकखण्डको चार किलोमा पहिरो जाँदा यात्रुलाइ सास्ती पहिरो पन्छाउन दिनभर लाग्ने

56

चितवन, भदौ २६ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ ।सो स्थानमा आज बिहान पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ ।नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार रूखसहित पहाडको ढिस्को खसेपछि सडक अवरुद्ध भएको हो । खनालले भने, ‘निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।’सो ठाउँमा तीन लोडर र दुई एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । १०० मिटर सडक पहिरोले ढाकेको छ । खनालका अनुसार १०० मिटर माथिबाट ठूला ढुंगासहितको पहिरो झरेको हो ।

चार किलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको खनालले बताए । सोही सडकको गाईघाट, जलबिरे, कालिखोला, १७ किलोलगायतका ठाउँमा पनि पहिरो खसेका छन् । ती ठाउँका पहिरो सानो भएकाले छिट्टै सफा गर्न सकिने आयोजनाले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जनाइएको छ ।सडक बन्द भएपछि यात्रु समस्यामा परेका छन् । हरितालिका तीजको दर खान जाने आउने सयौं महिला सडकमै बिचल्लीमा परेका छन् ।
रासस

Womui
Womui