झापाका कपडा व्यापारी खेमराज पौडेलको अपहरणपछि हत्या

47

छिनछिन खबर
झपा, भदौ २६ । सोमबार साँझ परिवारको सम्पर्कमा नआएका पौडेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ वर्षीय पौडेलको अपहरणपछि हत्या भएको पुष्टि गरेको छ। प्रहरीका अनुसार हत्या गरी फालिएको अवस्थामा शव गौरीगञ्ज ६ स्थित बाह्सुद्दी नालामा मंगलबार भेटिएको हो ।मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थलमा मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोवाइल फोन, व्याग फेला परेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको टोलीले मुचुल्का उठाएको छ ।

प्रहरीले घटनामा संलग्नताको आशंकामा गौरीगञ्जका सद्दाम हुसेनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा सवार पौडेल र उनकी श्रीमती उधारो रकम उठाउन गौरीगञ्ज बजार आएका थिए ।पौडेलले श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा हुसेनलाई लिएर रकम उठाउन हिडेका थिए । हुसेनले पौडेललाई करिब १ लाख भुक्तानी दिनुथियो । हुसेनसँग गएका पौडेल रातिसम्म नफर्किएपछि श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा घटनाको जानकारी गराएकी थिइन् । प्रहरीले उनको रातभर खोजतलास गरेका थिए ।

Womui
Womui