ठमेलमा आगलागी, १० करोड बराबरको धनमाल क्षति भएको अनुमान

98

छिनछिन खबर
काठमाडौ, भदौ २६ । पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरमा पहिला आगो लागेको हो । आगो बढ्दै छिमेकको अर्को घरसम्म फैलिएको हो ।स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको बताए ।

आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि आगोले क्षति पुर्याएको छ ।प्रहरीका अनुसार पहिलो तल्लाबाट सल्किएको आगो समयमै नियन्त्रण गर्न नसक्दा चौथो तल्लासम्म फैलिएको र १० करोड बराबरको क्षति अनुमान गरिएको जानकारी दिए । आगो लागेको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको बताए । दमकल पनि तुरुन्तै आइपुग्यो । सिलिन्डर पड्किन थालेकाले आगो निभाउन सकिएन त्यसैले बढी क्षति भएको जानकारी दिए । आगो नियन्त्रणका लागि जुद्ध बारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मी परिचालित भएका थिए ।आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Womui
Womui