शीतलनिवासमा मिश्रको सपथ तयारी, आजै पदभार ग्रहण गर्ने

36

छिनछिन खबर
काठमाडौं,भदौ २५ । संबैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका ओम प्रकाश मिश्रले सोमबारै राष्ट्रपतिबाट सपथ लिने भएका छन् । संसदीय सुनुवाई समितिले सोमबार मिश्रको सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको थियो ।

राष्ट्रपति कार्यलयका अनुसार मिश्रले सोमबार साढे ५ बजे राष्ट्रपतिबाट सपथ लिने तयारी भएको छ । सपथ लगत्तै मिश्रले आजै साढे ६ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताए ।यसैबीच यसअघि संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएका बरिष्ठतम न्यायाधीश दीपकराज जोशी भोलिबाट काममा फर्कने भएका छन् । सोमबार कुरा गर्दै बरिष्ठतम न्यायाधीश जोशीले आफु सोमबारसम्म विदामा बसेकाले मंगलबारबाट नियमित काममा फर्कने प्रतिक्रिया दिए ।

Womui
Womui