दिदीसँग रिसाएर घर छाड्दा– काठमाडौंमै किशोरी बलात्कृत

219

छिनछिन खबर
काठमाडौं,भदौ २५ । प्रहरीले १३ र १४ बर्षीया दुई किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलाली स्थायी ठेगाना भएका हाल कीर्तिपूर बस्दै आएका २५ वर्षीय हेम खत्री रहेका छन् ।खत्रीलाई महानगरीय प्रहरी वृत्त कीर्तिपूरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको हो । खड्कालाई नियन्त्रणमा लिएलगत्तै प्रहरीले पीडित बालिकाको समेत उद्दार गरेको छ ।

यस्तो छ घटना बिबरण
चार दिनअघि ललितपुरको इमाडोलस्थित कोठाबाट हिँडेका ती किशोरी बालकुमारीस्थित खरिवोटबाट बानेश्वर झर्न भन्दै रत्नपर्कको गाडी चढे । तर, बबरमहल आइपुगेपछि सँगै बसमा रहेका एक व्यक्तिसँग आफू झर्ने ठाउबारे सोधखोज गर्दा ती व्यक्तिले यहाँबाट भन्दा रत्नपार्कबाट बानेश्वर जान सजिलो हुने उपाय सिकाए ।सोही अनुसार ती युवकसँगै उनीहरु रत्नपार्क पुगे । रत्नपार्क पुगेपछि ती युवाले अब रात पर्यो तिमीहरु मेरो कोठा कीर्तिपुरमा मसँगै हिँड भनेर फकाए । नभन्दै उनीहरु सोही युवकको भनाइ मान्दै उनकै कोठा कीर्तिपुर पुगे ।

त्यसपछि भदौ २३ गतेसम्म युवकले आफ्नै कोठामा बन्धक बनाएर राख्नुका साथै दुबै किशोरीलाई बलात्कार गरे ।त्यसपछि २३ गते १४ बर्षीय किशोरीले तिनै युवकको फोनबाट आफ्न्तलाई फोन गरिन् । किशोरीले आफन्तलाई फोन गरेपछि युवकले उनलाई बल्खुसम्म लगेर इमाडोलको गाडी चढाए भने १३ बार्षीय किशोरीलाई आफूसँगै राखे ।१४ बर्षीय किशोरी घर पुगेपछि घटनाबारे परिवारका सदस्यलाई थाहा भयो र प्रहरीमा उजुरी गरे । उजुरी लगत्तै प्रहरीको टोली घटनास्थल पुग्यो र एक पीडित किशोरीको उद्धार गरी पीडकलाई नियन्त्रणमा लियो । पक्राउ परेका युवकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक र जर्वजस्ती बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।प्रहरीका अनुसार दिदीले गाली गरेको भन्दै रिसाएर इमाडोलस्थित कोठाबाट ती दुई किशोरी हिँडेका थिए ।

Womui
Womui