१० किलो सुनसहित पक्राउ परेका दुई जना सार्वजनिक

38

छिनछिन खबर
गोरखा, भदौ २५ । अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेको सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् ।

गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्ट अगाडि जाँचका क्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका प्रहरी कार्यालयले जनाएको छ ।

Womui
Womui