रोल्पा तरूण दल नगरसमिति अध्यक्षको गोली हानी हत्या

46

छिनछिन खबर
नेपालगन्ज, भदौ २४ । रोल्पाका सदरमुकाम लिवाङ नगर समिति तरुण दल अध्यक्ष रोहित पुनको गोली हानी हत्या गरिएको छ । सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा २९ वर्षीय पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लिवाङ नगरसमितिका तरुण दलका अध्यक्ष हुन् ।

भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चल्दा पुनको देब्रे छातीमा लागेको थियो । घटना लगतै उनलाई स्वास्थ्य केन्द्र लैजाँदा मृत्यु भइसकेको थियो । गोली चलाएको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच कांग्रेसले घटनाको भत्र्सना गरेको छ । साथै इलाका प्रहरी कार्यालय सुलिचौरबाट १५ मिटरको दुरीमा घटना हुँदा पनि प्रहरी मुकदर्शक भएको भन्दै कांग्रेसले यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

Womui
Womui