गोरखा फुजेल हत्या प्रकरणका फरार अभियुक्त बाहेक सबैलाई सफाइ

102

छिनछिन खबर
काठमाडौं, भदौ २४ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा चितवन जिल्ला अदालतले फरार रहेका रुद्र आचार्य बाहेक अन्य सबैलाई सफाइ दिएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आचार्यका लागि चाँहि अदालत उपस्थित भएपछि मुद्दा शुरु हुने भन्दै अन्यलाई सफाइ दिएको हो ।


माओवादी सशस्त्र द्वन्द्वका बेलामा चितवन रत्ननगरमा गोरखाका अधिकारीको हत्या माओबादी कार्यकर्ताहरुले गरेका थिए । २०७० चैत ३० गते दर्ता भएको मुद्दामा करिव ५ वर्षपछि आइतबार फैसला सुनाउँदै जिल्ला अदालतलले सवै प्रतिवादीहरु निर्दाेष रहेको ठहर गरेको हो ।
२०६१ साल जेठ २४ मा गोरखाका अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न आएका बेला हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो । कृष्णका दाजु र बाबुले हत्याविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी विरुद्ध कुनै कारवाही भएको थिएन ।

शुरुमा उक्त मुद्दामा अनुुसन्धान नै भएको थिएन । कृष्णका बुवा   आमाले अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो । कृष्णका  बुवा नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना विरुद्ध मुद्दा दायर भएको थियो । छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बुवा   नन्दप्रसादको अनशनका क्रममा निधन भएको थियो । आमा गंगामायाले भने केही महिनाअघि अनशन तोडेकी थिइन् । अनशनका क्रममा निधन भएका कृष्णका बुवा नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन ।

Womui
Womui