सेयर बजारमा महिला आकर्षण बढ्दो, डिम्याट खोल्ने झण्डै पाँच लाख पुगे

119

छिनछिन खबर
काठमाडौं, भदौ २४ । सेयर बजारको दायरा विस्तार हुने क्रम चलिरहँदा महिलाहरुको सहभागिता उलेख्य मात्रामा बढ्न थालेको छ । काठमाडौंमा मात्र होइन दुर्गम पहाडी जिल्लाका महिलाहरुले समेत धमाधम डिम्याट खाता खोल्ने क्रम बढेको छ ।सिडिएस एण्ड क्लियरिङका अनुसार हालसम्म १२ लाख ६० हजार ५ सय ६ वटा डिम्याट खाता खुलेको छ । यसमा ३८.७२ प्रतिशत हिस्सा महिलाको छ । अहिलेसम्म देशभरबाट ४ लाख ८८ हजार १०५ जना महिलाले सेयरमा लगानी गर्न डिम्याट खाता खोलेका छन् ।

सबैभन्दा धेरै काठमाडौंमा एक लाख ८१ हजार महिलाले डिम्याट खाता सञ्चालन गरेका छन् । रसुवा, ललितपुर, दोलखा, भक्तपुर, मोरङ, कास्की, झापा, काभ्रेपलाञ्चोक, चितवन, सुनसरीका महिला डिम्याट खोल्न अगाडि देखिएका छन् ।त्यसैगरी सबैभन्दा कम महिला मुगुका ४७ महिलाले डिम्याट खाता खोलेका छन् । डोल्पामा ५१ , कालिकोट ८०, हुम्लामा ९० जना महिलाले डिम्याट खाता खोलेका छन् ।

सम्बन्धित जिल्लामा खुला भएका डिम्याट खाता संख्यामध्ये महिलाले प्रतिशतका आधारमा रसुवामा सबैभन्दा बढी ४७.१५ प्रतिशत रहेको छ । ललितपुर काठमाडौं, दोलखा, भक्तपुरमा ४० प्रतिशत बढी महिलाको खाता छ ।बझाङ, डोटी, डोल्पा, अछाम, जुम्ला, बैतडी, डडेलधुरा, दैलेख, कालिकोट र बाजुरामा खुलेको डिम्याट खातामध्ये महिलाको प्रतिशत २० भन्दा कम छ ।

विशेष गरी जलविद्युत आयोजनाले स्थानीयबासीलाई अनिवार्य सेयर वितरण गर्ने भएकाले पनि त्यस्ता आयोजना रहेका जिल्ला र सहरी क्षेत्रमा डिम्याट खाता खोल्ने बढी महिला रहेका छन् । सहरी क्षेत्रका महिला भने अधिकांश दैनिक रुपमा सेयर बजारमै कारोबार गर्ने गरेको पाइएको छ ।महिलाहरुले सेयर बजारमार्फत कमाइ गरेको रकमले परिवारिक आवश्यकता पुरा गर्न, दिउँसको खाली समयलाई सदुपयोग गर्न र बजारबाट पनि आम्दानी गर्न सकिने भएपछि महिला लगानीकर्ताको आकर्षण बढ्दै गएको हो ।

Womui
Womui