अन्ततः बिमस्टेक सैन्य अभ्यासमा भाग नलिने भयो नेपाली सेनाले

113

छिनछिन खबर
काठमाडौं, भदौ २४ । भारतको पुणेमा सोमबारदेखि हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ । यसअघि ३० जनाको टोलील पुणे सैन्य अभ्यासमा भाग लिने तय भएको थियो । रक्षा मन्त्रालयले पुणेमा जाने चिठी नपठाएपछि सेनाले भाग नलिने जनाएको हो ।


काठमाडौंमा भदौ १४ र १५ गते भएको बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए । यसबारे संसदभित्र र बाहिर विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो सैन्य अभ्यास नभई तालिम भएको बताएका थिए । बिमस्टेकको सैन्य अभ्यासमा सहभागी हुने निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएपछि अन्तिम समयमा सरकारले सहभागी नहुन निर्देशन दिएको बताइएको छ ।

Womui
Womui