‘लियो स्लो बाईक राइड प्रतियोगिता’ नेपालगन्जमा

54

नेपालगन्ज, भदौं २४-
‘तिब्र गति जीवन क्षति’ भन्ने मुल नाराका साथ ‘लियो स्लो बाईक राइड प्रतियोगिता’ नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्जको रामलिला मैदानमा आयोजित प्रतियोगितामा सुवर्ण थापा प्रथम भएका छन्, भने द्वितीय रितेश मल्ल र तृर्तिय दुर्गेश शाह भए । उनीहरुलाई क्रमशः नगद ८ हजार, ४ हजार र २ हजारसहित प्रमाण पत्र प्रदान गरियो ।

लियो क्लब अफ नेपालगन्ज खजुरा, लियो क्लब अफ नेपालगन्ज, लियो क्लब अफ नेपालगन्ज बागेश्वरी र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको मुख्य आयोजना तथा जिल्ला ट्राफिक कार्यालयको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । रिजन कोअर्डिनेटर लि. भावना रोकाको अध्यक्षतामा भएको प्रतियोगितामा लायन्सका पूर्वडिस्ट्रिक गर्भनर मधुसुदन शर्मा, ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकाया, लियो पूर्व जिल्ला अध्यक्ष विष्णु श्रेष्ठ, लियो डिस्ट्रिक डाईरेक्टर शिशिर सापकोटा, एरिया चिफ कोर्डिनेटर अमित लामा, लियो क्लबका अध्यक्षहरु, बिधान बराल, सुजित बैश्य र सुभद्रा प्रसाई लगायतकोे उपस्थिती रहेको लियो क्लब अफ नेपालगन्ज खजुराकी कोषाध्यक्ष एन्जल खड्काले जानकारी दिईन् ।

Womui
Womui