अख्तियारका प्रस्तावित प्रमुख आयुक्त घिमिरेविरुद्ध उजुरी आह्वान

34

छिनछिन खबर
काठमाडौं, भदौ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रस्तावित नवीनकुमार घिमिरेविरूद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । घिमिरेका विगत र अख्तियारको आयुक्तको रुपमा सम्पादन गरेको कार्यका बारेमा १० दिनभित्र उजुरी दिने सार्वजनिक सूचना जारी गरेको हो । संवैधानिक परिषद्को भदौ २० को बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । संसदीय समितिले असोज १ गतेभित्र समितिमा आफै आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचनामा भनिएको छ ।


संसदीय समितिले उजुरीकर्ताले चाहेमा व्यक्तिगत विवरण गोप्य राख्ने जनाएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाइ समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरे पूर्व गृहसचिवका रुपमा नेपाल सरकारको निजामती सेवाबाट अवकाश पाएका व्यक्ति हुन् । घिमिरेसँग रक्षा सचिवको जिम्मेवारीको समेत अनुभव छ । २०१२ भदौ २९ मा जन्मिएका घिमिरे सार्वजनिक सुनवाइ समितिबाट अनुमोदन भएमा २०७७ चैतसम्म प्रमुख आयुक्त पदमा बहाल रहनेछन् । आयोग ऐन अनुसार ६५ वर्ष उमेर वा ६ वर्षे कार्यकाल जुन अगाडि आउँछ, सोही अनुसार अवकाश पाउने व्यवस्था छ ।

Womui
Womui