अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्क्विहीन

46

छिनछिन खबर
काठमाडौं, भदौ २३ । गोरखाबाट शनिबार बिहान ६ जना यात्रु बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्क्विहीन भएको छ ।गोर्खाको सामागाउँबाट पाइलटसहित ७ जना सवार हेलिकप्टर सम्पर्क्विहीन भएको हो ।

हेलिकप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले बतायो। स्रोतका अनुसार हेलिकप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले पाइलटसहित ७ जना यात्रु सवार हेलिकप्टर ८ : ३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याण्ड हुनुपर्ने भएता पनि अहिलेसम्म ल्याण्ड नभएको बताए ।

उनका अनुसार हेलिकप्टर खोजीका लागि सेनाको हेलिकप्टर परिचालन गर्न लागिएको छ। यसअघि एक पटक अल्टिच्युडकै हेलिकप्टर खोजी गरेर फर्किएको थियो।

यस्तै, धादिङका डिएसपी श्यामकुमार महतोले अहिलेसम्म हेलिकप्टरबारे कुनै जानकारी नआएको बताए। उनले यताबाट हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरेको बताए।

उनले भने ‘नुवाकोट सीमाबाट सम्पकविहीन भएको जानकारी आएको छ। अहिलेसम्म हेलिकप्टरको अवस्था थाहा छैन । प्रहरीहरूलाई त्यसतर्फ परिचालन गरिएको छ’।

यसैगरी नुवाकोटका प्रहरी जवान राजेश कुमार यादवले हेलिकप्टर दुर्घटनाको एकिन नभएको बताए।

‘नुवाकोटको अन्तिम सीमानामा हेलिकप्टर रहेको जानकारी आएको छ। दुर्घटना भएर नभएको जानकारी आएको छैन। जुन ठाउँमा हेलिकप्टर छ भन्ने आशंका गरिएको छ त्यो ठाउँ एकदम विकट छ र पुग्न अझै २/३ घण्टा लाग्छ’,उनले भने, ’डिएसपी सापसहित प्रहरी जवानहरू त्यसतर्फ जानु भएको छ। घटनाको विवरण आउन समय लाग्छ।’

Womui
Womui