उच्च रक्त चापबाट कसरी बँच्ने ?

139

एजेन्सी, भदौ २३ । उच्च रक्त चाप अहिले धेरैमा देखिरहेको समस्या हो । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । यो बढ्नुको कारणमध्ये एक खानपान र अर्को वर्तमान जीवनशैली हो ।

२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । उक्त सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्त चाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । हालसालै सिंहदरवारका कर्मचारीको रक्त चाप मापन गर्दा ७० प्रतिशत मानिसमा उच्च रक्त चाप भएको देखिएको छ ।

असन्तुलित खानपान, एक्सरसाइजको कमी र तनावका कारणले उच्च रक्त चाप बढिरहेको छ । ठूलो संख्यामा रक्तचाप बढी हुने कारण यही हो । यसबाहेक वंशाणुगत कारणले पनि यसको समस्या देखिन्छ । यो हाम्रो नियन्त्रण भित्र हुँदैन ।

तर खानापान र जीवनशैलीका कारण निम्तिएको उच्च रक्त चापको समस्या समाधान हाम्रै नियन्त्रणमा छ । खानपान र जीवनशैलीलाई परिमार्जन गरेर यो समस्याबाट उन्मुक्ति पाउन सकिन्छ ।

खानपानको शैली निकै परिवर्तन हुँदै गएको छ । शरीरमा सोडियम नामक मिनिरलको मात्रा बढ्दै गइरहेको छ । सोडियम शरीरलाई जरूरी मिनिरल नै हो तर आवश्यकता भन्दा बढी प्रयोगले समस्या निम्त्याउँछ । यसको अत्याधिक प्रयोगका कारण रक्त चापको समस्या निम्तिरहेको हो ।

स्वास्थ्यको हिसाबले ननुको मात्रा बढी हुनुलाई राम्रो मानिँदैन । यसले गर्दा पनि रक्त चाप बढ्ने हुन्छ । व्यापारिक हिसाबले बनाइएका जंक फुडहरुले पनि रक्तचाप बढाउन मद्दत गर्छन् । किनभने यस्तो खानामा सोडियमको मात्र बढी नै हुन्छ ।

खाना मिठो होस् भन्ने हिसाबले बनाइएको हन्छ । गुलियो खानेकुरा बनाउँदा पनि सोडियम हालेको हुन्छ । नुनिलो बनाउँदा पनि बढी सोडियम हालिएको हुन्छ । अजिनामोटोमा पनि सोडियम हुन्छ । ससेज, बिस्कुट, क्यान फुडलगायतका खाना उच्च रक्तचाप बनाउन सहयोगी हुन्छन् ।

चिल्लो बोसो भएको खानाले पनि रक्त चाप बढाउँछन् । शरीरको वजन बढाउने जुनसुकै खाना जस्तै मैदा, ह्वाइट राइस पनि वजन बढाउने गर्छन् । तिनीहरुमा सही पोषण हुँदैन, मिनिरलको सही मात्रा हँुदैन । त्यसैले यस्ता खानाले उच्च रक्र चाप बढाउन मद्दत गर्छ । धुम्रपान र मध्यपानले पनि उच्च रक्तचाप बढाउँछ । त्यसैले यस्तो खानाबाट टाढै बस्नु पर्छ ।

उच्च रक्तचाप नियन्त्रणमा राख्न फाइबरयुक्त खानेकुरा खानुपर्छ । नुनको मात्र कम गर्ने, चिल्लो भएको खानेकुरा कम खाने र डाल्डाबाट बनेका खानेकुरा खाँदै नखाने गर्दा उपयुक्त हुन्छ । पशुजन्य पदार्थ दूध, दही, घिउ ठिक्क मात्रमा खाने गर्नुपर्छ । उच्च रक्तचाप भइसकेका हरुले औषधिमात्र खाएर खानामा कुनै परिवर्तन गरेनन् भने लाभदायी हुँदैन । त्यसैले रक्तचाप नियन्त्रणमा राख्न जीवशैलीमा परिवर्तन गर्न जरुरी छ ।  धुम्रपान र मध्यपानबाट टाढै बस्ने, शारीरीक कसरत गर्ने, खानपानमा परिवर्तन गर्ने गर्नुपर्छ । स्वास्थ्यवद्र्धक खानेकुरा खाने गर्नाले शरीरमा धेरै फाइदा हुन्छ । ब्लड प्रेसर आफैंमा एउटा डरलाग्दो दीर्घ रोग हो । यसले गर्दा थुप्रै रोगहरु निम्तिने गर्छनन् । मुटुरोग, मस्तिष्कघात, मधुमेह जस्ता रोगहरुको यो कारक हो ।

स्वस्थ खाना र सही जीवनशैली अपनाइयो भने रक्तचाप मात्रै होइन, योसँग सम्बन्धित धेरै रोगबाट जोगिन सकिन्छ ।
खाना खाँदा नुनको मात्र कम गर्नु पर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले दिनमा २ ग्राम भन्दा कम सोडियम खानु भनेको छ । यसको अर्थ दिनमा ५ ग्राम भन्दा कम नुन खानुपर्छ भन्ने हो ।

केरा, सुन्तला, तरकारीमा हरियो सागपात, गेडागुडी, फर्सी, चना खाँदा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ । सिलाम, तिल, आलस ,फर्सीको बियाँ, ओखर, दूध, दही ठिक्क मात्रामा खाने हो भने रक्तचाप नियन्त्रण हुन्छ । हामीले घरमा फलाएको खानालाई मिसावट नगरी खाने गर्दा पनि उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । मासु खाँदा बोसो रहित खाने फलफूल खाने जुस भन्दा फलफूलनै खाँदा राम्रो मान्न सकिन्छ ।
नुनिलो र सोडियमयुक्त खानु भन्दा आफ्नै घरमा बनाएको ताजा र हेल्दी खाना खाने हो । पोषिलो खानाको विभिन्न थरिका खानुपर्छ । प्याकेटका बनेर आएका चिज खान बन्द गर्नु पर्छ । घरको काम गर्ने, दैनिक एक घण्टा कसरत गर्ने र हिँड्हुल गर्ने हो भने पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ ।

Womui
Womui