बेगनास तालमा डुंगा पल्टियो, दुईको मृत्यु, ४ बेपत्ता, तीनको उपचार हुँदै

48

छिनछिन खबर
पोखरा, भदौ २३ । बेगनास तालमा ९ जना सवार डुंगा पल्टिएको छ । ४ नम्बर प्रदेश प्रहरी कार्यालयले डुंगा पल्टिँदा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुनेहरुमा तालबाट उद्दार गरिएका पोखरा महानगरपालिका २८ की कृष्णकुमारी बजगाइ र लेखनाथकी जमुना कँडेल रहेको प्रहरीले जानकारी दियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै अरु ४ जना भने हराइरहेको प्रहरीले जनाएको छ । हराइरहेका रबि खनाल, उनका छोरा शंकर तथा छोरा प्राचिन पौडल छन् । घुम्न पुगेका उनीहरु डुंगा दुर्घटनामा परेको बताइएको छ । प्रहरीका अनुसार स्थानीय गणेश कँडेलको घरमा दर खान आएका उनीहरु बेगनास तालमा घुम्नका लागि पुगेका थिए ।डुंगामा सवार रहेकै क्रममा एक बालक तालमा खसेपछि बचाउन प्रयास गर्दा डुंगा कोल्टिएर डुब्न पुगेको प्रहरीले जनाएको छ । उद्दार गरिएकाहरुको तीन जनाको लेखनाथ सामूदायिक अस्तालमा उपचारका भइरहेको छ ।

Womui
Womui