दिल्लीमा प्रचण्डले भने–नेपालमा लगानी र प्रतिफल सुरक्षाको वातावरण बनाएका छौं

85

छिनछिन खबर
नयाँ दिल्ली,भदौ २३ । भारतको राजधानी नयाँ दिल्लीको भ्रमणमा रहनुभएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानी र प्रतिफल सुरक्षाको वातावरण बनाएको बताएका छन् । शुक्रवार साँझ इन्डो नेपाल सेन्टरको दिल्लीमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

विभिन्न क्षेत्रका लगानीकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अध्यक्षले पारम्परिक नीति नियम परिवर्तन गरी नेपालमा लगानी मैत्री वातावरण निर्माण गर्न गइरहेको बताए ।उनले भने, ‘आर्थिक समृद्धिका लागि हामी सम्पूर्ण तागतका साथ अघि बढेका छौं । नेपाल प्राकृतिक सम्पदा प्रचुर रहेको देश हो । यहाँ जलबिद्युत धेरै सम्भावना छ । विद्युत उत्पादनमा हामी सहकार्य गर्न इच्छुक छौं । जलउर्जा विद्युत उत्पादनका लागि मात्र होइन । यो त पानीको व्यवस्थापन पनि हो । हामी सरगमाथाबाट मिनरल वाटर बनाउन सहकार्य गर्न सक्छौं । यसलाई विश्व बजारमा पुर्याउन सक्छौं । पर्यटन विकासको पनि उत्तिकै सम्भावना छ । कृषिका आधारित उद्योग, धार्मिक पर्यटन लगायतका क्षेत्रमा धेरै सम्भावना छ ।’

Womui
Womui