भारतमा विश्वकै सबैभन्दा बढी अनुपातमा व्यावसायिक महिला पाइलट

51

भदौ २२ । २० वर्षअघि पाइलट बन्ने चाहना भएकी श्वेता सिंहले पहिले आफ्नो अभिभावकलाई उक्त समय महिलाहरुको लागि असामान्य मानिने पेशाको छनौटबारे आफ्ना बुझाउनु परेको थियो । पछि पाइलट भइसकेपछि पनि उनले ककपिटमा अहसयोगी पुरुष सहकर्मीको समाना गर्नुप¥यो ।आजको दिनमा भने महिलालाई यो पेशा अङ्गाल्न त्यति गा¥हो छैन । धेरै महिलाहरु पाइलट बन्न चाहन्छन् । पछिल्ला वर्षहरुमा महिला पाइलटहरुको लागि सुविधा पनि धेरै छ । युनियनले नै समान भुक्तानी, सुरक्षित कार्यक्षेत्र, दिवा सेवा सुविधाको प्रत्याभुत गरेको छ । साथै उड्डयन क्षेत्रको बढ्दो दायराले धेरैलाई यो क्षेत्रमा ठाँउ पनि दिएको छ ।

ती कठिन दिनहरु
पितृसत्तात्मक समाजको बावजुद भारतको व्यावसायिक महिला पाइलटहरुको अनुपात विश्वमा नै उच्च हो । भारतमा कुल पाइलटको १२५ हिस्सा महिला पाइलटको छ । ‘ती दिन कठिन थियो ’ सिंहले आफ्ना प्रारम्भिक दिनहरु सम्झदैँ भनिन्, “पुरुषप्रधान क्षेत्र भएकाले प्रवेश पाउन नै गाह्रो थियो ।’तर अहिले समाज बदलिँदै गएको सिंह बताउँछिन् । उनी अहिले जेट एयरवेज लिमिटेडमा वरिष्ठ प्रशिक्षक छिन् । साथै उनी भारतीय उड्डयन नियमन संस्थामा हवाई अप्रेशन इन्सपेक्टर उपप्रमुख हुन् ।

महिला पाइलट

भारतको महिला पाइलटको प्रतिशत अधिकांश पश्चिमी मुलुकहरु, अमेरिका र अष्ट्रेलियाको भन्दा पनि बढी हो । इन्टरनेशनल सोसाइटी अफ वुमेन एयरलाइन पाइलटका अनुसार विश्वव्यापी रुपमा महिला पाइलटहरुको हिस्सा ५५ भन्दा कम छ ।विश्वव्यापी रुपमा पाइलटहरुको माग बढिरहेको छ । जहाज निर्माता बोइङ करपोरेसनले हवाई यात्रा बढिरहँदा अर्को २० वर्षमा ७,९०,००० नयाँ पाइलट आवश्यक पर्ने तथ्याङ्क हालसालै सार्वजनिक गरेको छ । त्यो अहिलेको पाइलट सङ्ख्याको दोब्बर हो ।भारत विश्वमा सबैभन्दा छिट्टो बृद्धी भइरहेको हवाई बजार पनि हो । यही वर्षको पहिलो छ महिनामा घरेलु हवाई यात्रुको सङ्ख्यामा २२५ ले बृद्धि भयो ।

इकोनोमिक टाइम्सबाट

Womui
Womui