ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

107

चितवन, भदौ २२ । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् ।चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना ३ ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग ५ प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ट््याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट््याङ्कर चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

रासस

Womui
Womui