हङकङसँग ३ विकेटले पराजित भएपछि नेपाल एसिया कपबाट बाहिरियो

44

छिनछिन खबर
काठमाडौं, भदौ १९ । मलेसियामा जारी एसिसिी एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै नेपाल एसिया कपबाट बाहिर भएको छ । मंगलबार नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । हङहङका लागि अंशुमन रथले ५२ रन बनाए । ८२ बल खेलेका रथले ३ चौका र १ छक्का प्रहार गरेका थिए । किञ्चित साहले ११ रन बनाउनु बाहेक अन्य हङकङका खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।


नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए । बसन्त रेग्मी र सागर पुनले १÷१ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दिपले २ मेडन राख्दै २७ रन खर्चिएर ५ विकेट लिएका थिए । यो सँगै सन्दिपले लिस्ट ए मा २५ खेलबाट ५५ विकेट लिएका छन् । लिस्ट ए मा सबैभन्दा बढी विकेट लिएका सोमपाल कामीले ४० खेलबाट ५८ विकेट लिएका छन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ३७.५ ओभरमा अल आउट हुँदै ९५ रन बनाएको थियो ।

Womui
Womui