बिमस्टेक सम्मेलनले नेपालको प्रतिष्ठा र सामर्थ्य अझ बढायो

42

छिनछिन खबर
काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छोटो समयमा विमस्टेकको चौथो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर अन्तर्रा्ष्ट्रिय जगतमा नेपालको क्षमता प्रष्टिएको बताएका छन् ।

 

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधनामन्त्री ओलीले यति छोटो समयमा शिखर सम्मेलन सम्पन्न गर्नु सक्नु नै नेपालको सफलता भएको बताए । उनले यो सफलता हामी सवैको भएको पनि बताए ।उनले सम्मेलनले उर्जा उत्पादनमा नेपालमा सहयोग पुग्ने भन्दै नेपालले विद्युत उत्पादन गरेर म्यानमार लगायतका देशमा बेच्न सक्ने वातावरण बनेको दावी गरे ।उनले सम्मेलन सफल पार्न सकेकोमा नेपालको प्रतिष्ठा र सामथ्र्य अझ बढेको दावी पनि गरे ।‘क्षेत्रीय कुटनीति, तटस्थ परराष्ट्र नीति बढि मुखरित भएको छ । डेढ महिनाको अवधिमा यति भव्य रुपमा सम्मेलन सम्पन्न गर्नु असम्भव जस्तै हो । जसले हाम्रो क्षमता र कुशल कुटनीतिक क्षमता देखिएको छ ।’ उनले विमस्टेकको चौथो शिखर सम्मेलनको घोषणापत्रले पञ्चशिलता, राजनीतिक स्थिरता लगायत सहयोग आदान प्रदान गर्न महत्वपुर्ण हुने पनि बताए ।

विमस्टेकका परियोजनाहरुले सबै पक्षलाई समेट्ने भन्दै फण्ड स्थापना गर्ने, स्रोत साधन परिचालन गर्न १४ क्षेत्रलाई पुन संरचना गर्ने, कुटनीतिक पहल, बुद्ध सर्किट, प्रविधि हस्तान्तरण र सांस्कृतिक आदान प्रदान गर्न जारी घोषणापत्रमा समेटिएको प्रधानमन्त्रीको भनाई छ । उनले घोषणापत्रबाट नेपालको विकासमा सहयोग पुग्ने विश्वाश समेत लिए ।सो क्रममा सहभागी सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुबीच भएका छलफलले पनि एक अर्काप्रति आत्मीयता बढाएको भन्दै उत्साहपूर्ण सम्मेलन सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गरे ।

Womui
Womui