नेपाली रुपैयाँ हालसम्मकै कमजोर, एक अमेरिकी डलरले ११४ रुपैयाँ नाघ्यो

80

छिनछिन खबर
काठमाडौं, भदौ १९ । अमेरिकी डलरको मूल्य ११४ रुपैयाँ २४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलर बराबर ११४ रुपैयाँ २४ पैसा तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो । डलरको भाउ ११५ रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।


भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो । भारुसँग स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपैयाँमा परेको हो । १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ । भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ । डलर उक्लिँदा आयातित सबै बस्तु तथा सेवा महँगिन्छ ।

Womui
Womui