सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्ष्बिहीन

35

छिनछिन खबर
काठमाडौं, भदौ १८ । सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्ष्बिहीन बनेको छ । भाद्र १ देखि लागू भएको मुलुकी अपराध (संहिता) परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर ’ सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघले आन्दोलित बनेको छ ।

आज स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारी पक्षले चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न कानुन मन्त्रालयलाई परिपत्र गरिसकेकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । तर, चिकित्सकहरुले भने सरकारलाई १५ दिने अल्टीमेटम दिँदा पनि कुनै निर्णय हुन नसकेको कारण आन्दोलनमा जानु परेको र सम्बोधनको हुने ठोस प्रतिबद्धता आएमात्रै आन्दोलन रोक्न सकिने अडान लिएका थिए । योसँगै वार्ता कुनै सहमति बिनै टुंगिएको हो ।नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले सरकारले माग पूरा हुने भरपर्दो आधार तयार नहुँदासम्म आन्दोलन जारी रहने बताए ।आन्दोलनका कार्यक्रम अनुसार संघले आज देशभरका स्वास्थ्य संस्थाको प्रशासन ठप्प पारेको छ ।

Womui
Womui