निर्मला पन्त हत्याको सत्य तथ्य सार्वजनिक गर्न नेपाली काँग्रेसको माग

199

छिनछिन
कञ्चनपुर भदौ १८ । १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणका वास्तविक दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलको ध्यनाकर्षण गराएको छ ।निर्मला प्रकरणबारे काँग्रेस नेता दिलेन्द्रप्रसाद बडु र वीरबहादुर बलायरको टोलीले स्थलगत अध्ययनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर घट्नाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भएकोमा प्रधानमन्त्री ओली र प्रचण्डको ध्यानाकर्षण गराएको हो ।

जवाफमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले घटनाबारे सरकारले सूक्ष्म अध्ययन गरिरहेको भन्दै वास्तविक अपराधी पत्ता लगाएरै छोड्ने आश्वसन दिएका छन् ।प्रधानमन्त्री र प्रचण्डको सकारात्मक आश्वासन भए पनि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले समेत चित्त बुझ्दो र तदारुकताका साथ काम नगरेको स्थानीयको बुझाइ रहेको छ ।‘सरकारले पछिल्लो पटक गठन गरेको उच्चस्तरीय छानविन समितिले समेत राम्रोसँग काम नगरेको हो कि भन्ने यहाँका स्थानीयको आशङ्का र भनाइ छ । उनीहरूले पर्याप्त अनुसन्धान गर्न गम्भीरतापूर्वक नलिएको हो कि भन्ने बुझेका छन् ।,

स्थानीयले सरकारले उच्चस्तरीय छानविन टोली गठन गरेपछि कञ्चनपुरका स्थानीय राजननीतिक दल, नागरिक समाज र पीडित परिवारले तोकिएको समयभित्र अपराधी पहिचान हुने आशामा १५ दिनका लागि आन्दोलन स्थगन गरेका थिए । उनीहरूले भदौ २६ सम्म वास्तविक अपराधी पहिचान नभए पुनः आन्दोलन गर्ने र त्यो आन्दोलन पहिलेको भन्दा थप कडा हुने बताएका छन् ।यसैबीच भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले पनि छनबिन तीव्र बनाएको जनाएको छ ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कुलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ भने बम दिदी बहिनीलाई नियन्त्रणमा लिइसकेको छ ।यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लुकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयले आन्दोलन चर्काएका थिए ।

Womui
Womui