रोयटर्सका दुई पत्रकारलाई ७ वर्ष जेल

30

काठमाडौं, भदौ १८ । (एजेन्सी ) म्यानमारको अदालतले रोयटर्सका दुई पत्रकारलाई ७ वर्षको जेल सजाय सुनाएको छ ।राज्यको गोपनीयता भंग गरेको आरोप खेपिरहेका रोयटर्स आबद्ध पत्रकारद्वय वा लोन र क्याव सोई ओओलाई त्यहाँको अदालतले आइतबार जेल सजाय सुनाएको हो ।

रोहिंग्यामाथि राज्यले गरेको हिंसाबारे अनुसन्धान थालेका दुई पत्रकारमाथि गोपनीयता भंग गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । गोपनीयता भंगको आरोप लागेका दुवै पत्रकारलाई प्रहरीले १ वर्षअघि पक्रेको थियो । अदालतले गरेको मुद्दाको यो फैसलालाई म्यानमारको प्रेस स्वतन्त्रताको परीक्षाको रुपमा हेरिएको छ ।३२ वर्षीय वालोन र २८ वर्षका क्याव सोई ओओले पूर्वी रखिनको इन दिनमा सेनाद्वारा हत्या गरिएका १० व्यक्तिको सवुत संकलन गर्दै थिए । अनुसन्धानका क्रममा प्रहरीका दुई अधिकारीले उक्त कागजात दिने प्रस्ताव गरेका थिए । तर प्रहरीले कागजात नदिएर उनीहरुलाई गिरफ्तार गरेको थियो ।

Womui
Womui