पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

19

सल्यान, भदौं १८-
पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका वडा नम्बर १२ बाँफुखोलाका बालाराम डाँगीको घर पहिरोले पुरिँदा उनका तीन छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घर नजिकैको माटोको ढिस्को खस्दा घरभित्र बसिरहेका बालारामका ८ बर्षिया छोरी ललिता, ६ बर्षिय छोरा ललित र ४ बर्षिया छोरी मेनुका च्यापिएका थिए। आइतवार बेलुका पहिरोले च्यापिएका उनिहरुको सोमवार विहान शब निकालिएको सल्यानका प्रहरी प्रमुख डिएसपी दिलेन्द्रबहादुर शाहीले जानकारी दिए ।

Womui
Womui