बारमा विकास आचार्य निर्वाचित, लोकतान्त्रिक प्यानलको वर्चश्व

126

नेपालगन्ज, भदौं १७-
उच्च अदालत बार एशोसिएशन नेपालगन्जको अध्यक्षमा प्रगतिशिल प्यानलका विकास आचार्य निर्वाचित भएका छन् । आचार्य १ सय ३५ मत ल्याएर निर्वाचित भए् । निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक प्यानलका शिवकुमार श्रेष्ठले १ सय २८ मत प्राप्त गरे । अध्यक्ष र महिला सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानलकै बर्चश्व छ ।

एशोसिएशनको उपाध्यक्षमा रामगोपाल कुर्मी, सचिव चित्रबहादुर शाही, कोषाध्यक्षमा सुदिपकुमार भट्टराई र सदस्यमा सतिषकुमार अधिकारी, सुर्जलाल थारु, बसन्तकुमार श्रेष्ठ, राकेश सोनी, पुर्णप्रसाद ढकाल, चित्रबहादुर केसी, प्रभात रञ्जन पोखरेल र राजेन्द्रकुमार विश्वकर्मा तथा महिला सदस्यमा प्रगतिशिल प्यानलका कुसुमा सुवेदी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत लक्ष्मणप्रसाद पराजुलीले जानकारी दिए ।

Womui
Womui