मुलुकी अपराध संहितामा अपराधीको संज्ञा दिइएको भन्दै चिकित्सक आन्दोलित

114

नेपालगन्ज, भदौं १७-
बाँकेका चिकित्सकहरु आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आईतबारबाट आन्दोलनमा उत्रिएका छन् । मुलुकी अपराध संहितामा इलाजसम्बन्धी कसुरमा चिकित्सकलाई अपराधीको संज्ञा दिइएको भन्दै संशोधनको माग राखेर आन्दोलित बनेका हुन् । भेरी अञ्चल अस्पताल परिसरबाट र्याली सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका चिकित्सकहरुले सरकारलाई ज्ञापन पत्र बुझाए ।

भेरी अञ्चल अस्पताल परिसरबाट निस्केको बिरोध र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । सो क्रममा उपस्थित चिकित्सकले माग पुरा नहुँदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । फौजदारी संहिताका कतिपय प्रावधान संशोधन र केही प्रावधान खारेज गर्न सरकारलाई दिइएको १५ दिनको समय सकिएपनि चासो नदिएको चिकित्सकको गुनासो छ ।

Womui
Womui