देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द, बिरामीको बिचल्ली

22

छिनछिन खबर
काठमाडौं, भदौ १७ । नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै संघ आन्दोलनमा उत्रिएका हो । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा पुगेर लाइसेन्स फिर्ता गर्ने कार्यक्रम समेत संघले राखेको छ । संघले मुलुकी अपराध संहिता संशोधनको माग गर्दै ती कार्यक्रम राखेको जनाएको छ । संघले करिब ५ हजार लाइसेन्स काउन्सिललाई बुझाउने तयारी गरेको छ ।

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । चिकित्सकहरूले यसमा असहमति जनाउँदै संशोधनको माग राख्दै आएका छन् ।यसैगरी संघले देशभरका जिल्ला शाखाहरुले समेत प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने बताएको छ । संघको विरोधका कारण देशभरिका अस्पतालमा पुगेका बिरामीको बिचल्ली भएको छ ।

Womui
Womui