अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

49

काठमाडौं, भदौ १७ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय अघिदेखि सञ्चालनमा आएको छ । विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धस्सिएको विमानलाई लामो समयको प्रयासपछि अहिले यतीकै पार्किङ स्थलमा लगिएको छ ।


नेपालगन्जबाट २१ यात्रु बोकेर काठमाडौं आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लु जेट स्ट्रिम विमान शनिबार राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको भएन । घाँसे मैदानमा धस्सिएको विमानलाई प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको संयुक्त टोलीले लगातारको प्रयासपछि धावनमार्गमा लगेको थियो ।
रासस

Womui
Womui