एम्बाप्पेलाई रातो कार्ड, नेइमारले विपक्षी समर्थकलाई गिज्याए

84

छिनछिन खबर
काठमाडौं ,भदौ १७ ।  पेरिस सेन्ट जर्मेनले लिग वानमा निम्समाथि नाटकीय जित हात पारेको छ । केलिन एम्बाप्पेसहित दुई खेलाडीले रातो कार्ड पाएको खेलमा नेइमारले भने गोल गरेपछि सेलिब्रेसनका क्रममा विपक्षी समर्थकहरुलाई गिज्याएका थिए ।शनिबार राति भएको खेलमा पीएसजीले निम्सलाई ४(२ गोल अन्तरले हराएको हो ।


निम्सको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ३६ औं मिनेटमा नेइमारको गोलबाटै अग्रता लिएको थियो । गोलपछि उनी चोराना (पोर्चुगिज भाषामा रुञ्चे बच्चा) ब्यानर देखाइरहेका विपक्षी समर्थकहरु अगाडि गए र रोएको अभिनय गरे ।चार मिनेटपछि नै एन्जल डी मारियाले गोल गरेपछि पहिलो हाफमा पीएसजी २(० ले अगाडि रहृयो ।दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । ६३ औं मिनेटमा बोबिचोनले गोल गरे भने ७१ औं मिनेटमा साभानिरले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । तर, यो धेरैबेर टिक्न सकेन ।खेलको ७७ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । इन्जुरी टाइममा काभानीले गोल गर्दै जित सुनिश्चित गरे ।तर, साभानिरले एबाप्पेलाई फल गरेपछि खेल तनावपूर्ण भयो । त्यसक्रममा एम्बाप्पे र साभानिर दुबैले रातो कार्ड खाएका छन् ।

Womui
Womui