त्रिभुवन विमानस्थल अझै खुलेन, यात्रुहरुको विचल्ली

103

छिनछिन खबर
काठमाडौं, भदौ १७ ।  यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो । त्यसलगत्तै राति पौने ९ बजेदेखि विमानस्थलमा उडान अवतरण ठप्प भएको थियो । अहिले विमान हटाउने प्रयास भइरहेको छ ।


विमानस्थल स्रोतले दिएको जानकारीअनुसार बिहान आठ बजेदेखि उडान अवतरण सुरु गर्ने तयारी छ । एयरपोर्ट बन्द भएपछि काठमाडौंबाट जाने र काठमाडौं आउने यात्रुहरु अलपत्र परेका छन् ।विराटनगर, चितवन, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका एयरपोर्टहरुमा यात्रुहरुको चाप अत्यधिक छ । उनीहरु काठमाडौंको एयरपोर्ट खुल्ने प्रतिक्षामा बसिरहेका छन् ।नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले अनलाइनखबरसँग भने, ‘यहाँ धेरै यात्रुहरु काठमाडौं जाने भनेर कुरिरहनु भएको छ । आठ बजे काठमाडौंको एयरपोर्ट खुल्ने जानकारी हामीलाई छ । त्यसपछि हामी पनि पठाउँछौं ।’नेपालगञ्जबाट शनिबार साँझ काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम जहाज अवतरणको क्रममा चिप्लिँदा अगाडिको पांग्रा भाँचिएको थियो । सो क्रममा पाँच जना यात्रु सामान्य घाइते भएका छन् । विमानमा २१ यात्रु थिए ।

Womui
Womui