फेरि सर्‍यो नेकपाको स्थायी कमिटी बैठक

119

छिनछिन खबर
काठमाडौं , भदौ १७ । पार्टीको संगठनात्मक काम र सरकारको समीक्षा लगायतका विषयमा छलफल गर्न बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि सरेको छ ।

 

 

नेकपाले पार्टीका तल्ला कमिटी तथा जनसंगठनको एकीकरणका काम टुंगो लगाउन भदौ ८ र ९ मा स्थायी समिति बैठक बोलाएको थियो । तर केही जनसंगठन र प्रदेश कार्यादलले प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइ नसकेको, बुझाएका प्रतिवेदन पनि विवादरहित नभएपछि बैठक १९ र २० गतेका लागि सारिएको थियो ।तर, बैठक सार्दा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई कारण देखाइएको थियो । शीर्ष नेताहरुको विदेश भ्रमणका कारण पछिल्लो पटक वैठक सारिएको छ ।नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार बैठक अव भदौ २६ र २७ मा बस्ने छ । हाल वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् । उनीहरु नौ सदस्यीय पार्टी सचिवालयका सदस्य पनि हुन् । नेपाल भदौ २० र पोखरेल लेवनान–पोल्यान्ड हँुदै भदौ २३ मा स्वदेश फर्कने कार्यक्रम छ ।यसबाहेक यसै साता अर्थात भदौ २२ मा पार्टी अध्यक्ष प्रचण्ड भारत जाँदैछन् । एक साता लामो भारत भ्रमण सकेर फर्केपछि असोज असोज १ मा प्रचण्ड चीन भ्रमणमा जाने छन् ।

प्रचण्डको चीन भ्रमण अगाडि सचिवालय सदस्य एव पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठ पार्टीको प्रतिनीधिमण्डल लिएर चीन भ्रमण जाँदैछन् । गत साउन ४ गते बसेको नेकपाको सचिवालय बैठकले प्रवक्ता श्रेष्ठको नेतृत्वमा आगामी सेप्टेम्बर १२ देखि २१ सम्म पार्टीको प्रतिनिधिमण्डल छिमेकी चीनको भ्रमणमा जाने निर्णय गरेको थियो ।नेकपाले तीन महिनाभित्र पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंग्याउने बताएको थियो । तर, तल्ला तहको एकताका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएपनि त्यसमा सहमति जुटेको छैन् । प्रतिवेदनमाथि पहिला दुई अध्यक्षबीच सहमति जुटाउने, त्यसपछि सचिवालय बैठकमा सहमति जुटाउने र अन्तिममा स्थायी कमिटीबाट अनुमोदन गराएर तल्ला तहको एकता टुंगाउने नेताहरुको तयारी छ ।एमाले र माओवादीबीच जेठ ३ गते एकता हुँदा तीन महिनाभित्र सम्पूर्ण एकता प्रक्रिया टुंगाउने सहमति बनेको थियो । तर, पार्टी एकतापछि सचिवालय, स्थायी समिति र केन्द्रीय समिति चयन मात्र चयन भएको छ ।

Womui
Womui