शुक्रबार बिजोर नम्बरका गाडी मात्रै चल्ने, राति १० बजेदेखि सबै गाडी चल्ने

167

छिनछिन खबर
काठमाडौं, भदौ १५ । उपत्यकामा शुक्रबार बिजोर नम्बरका गाडी मात्रै चलिरहेका छन् । बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले गएको बुधबारदेखि लागू गरेको जोर बिजोर प्रणाली अनुसार शुक्रबार बिजोर नम्बरका गाडी मात्र चलेका हुन् ।

अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिमस्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधन बाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू भएको छ ।  शुक्रबार बेलुका १० बजेदेखि भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने ट्राफिक प्रहरीले जनाएको छ ।

Womui
Womui