ओली–मोदी भेटवार्ता हुँदै, रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणका विषयमा सहमति

180

छिनछिन खबर
काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा पारस्परिक भ्रमणपछिको उपलब्धिहरुको मूल्याङकन हुने भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएको अवसरमा यी दुवै छिमेकी प्रमुखहरुबीच भेटवार्ता हुन लागेको हो । दुवै प्रधानमन्त्रीहरु बीचको औपचारिक भेटका लागि तय भएको छ ।


यसअघि प्रधानमन्त्री ओलीले गत चैतमा भारतको भ्रमण गरेका थिए भने भारतीय प्रधानमन्त्री मोदीले बैशाखको अन्तिम साता नेपाल भ्रमण गरेका थिए । शुक्रबार हुने दुवै देशका प्रधानमन्त्रीहरुको भेटमा भ्रमणपछिका उपलब्धिहरुका विषयमा छलफल हुने तय भएको प्रधानमन्त्री कार्यालयले बताएको हो। । गत बैशाखमा भएको मोदीको नेपाल भ्रमणमा असोज २ गते भित्र नेपाल–भारतबीच भएका सबै पूर्व सहमतिहरु कार्यान्वयन गर्ने सहमति भएको थियो ।

यस्तै, भेटवार्ताका क्रममा रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणका विषयमा सहमति हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरेको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ। तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Womui
Womui